किङ्स कपका लागि हरीको कप्तानीमा गण्डकीको टोली घोषणा
पाेखरा | साउन १९, २०८०
Filed Photo Of Team Gandaki
पोखरा: गण्डकी प्रदेश भलिबल संघले किङ्स कप भलिबल प्रतियोगिताका लागि टोलीको घोषणा गरेको छ ।
उक्त प्रतियोगिताका लागि गण्डकी प्रदेश भलिबल संघले खुम प्रसाद पाण्डे (हरि)को कप्तानीमा १२ सदस्यिय टोलीको घोषणा गरेको हो ।
टोलीमा नवलपुरबाट र बागलुङबाट ४–४, तनहुँ, कास्की, स्याङजा र म्याग्दीबाट १–१ जना खेलाडी समावेश छन् ।
टोलीमा धन बहादुर चौधरी (नवलपुर), किरण गुरौ (नवलपुर), सन्तोष राना (नवलपुर), हिमाल सुनारी मगर (नवलपुर), रवि केसी (बागलुङ), इन्द्र बहादुर विक (बागलुङ), कुन्जन शाही ठकुरी (लिवेरो) (बागलुङ), जिवन सुनार (बागलुङ), विवश आले मगर (तनहुँ), सुजन चोखाल (म्याग्दी) र विजय परियार (कास्की) रहेका छन् ।
टोलीको प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा जिवन भण्डारी र व्यवस्थापकमा जिवन रायमाझी रहेका छन् ।
किङ्स क्लव काठमाण्डौको आयोजनामा उक्त प्रतियोगिता यहि साउन २२ देखि २७ गते सम्म सञ्चालन हुँदैछ ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ ।
तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैयाँ र चौथो हुनेले २२ हजार २ सय रुपैयाँ, कप र प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपैया तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरिने छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

